Section 17
आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन सकिने
(१)सार्वजनिक सडकको निर्माण, मर्मतवा सम्भारको सम्बन्धमा कुनै आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन आवश्यक परेमा सडक विभागको आदेशानुसार आवश्यक परिमाणमा माटो, ढुङ्गा वा बालुवा लिन सकिनेछ । त्यस्तो जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिंदा त्यसमा रहेको कुनै बाली रुख विरुवा वा अन्य कुनै चीज वस्तुको नोक्सानी भएमा क्षतिपूर्ति दिनु पर्नेछ । त्यस्तो जग्गाबाट माटो ढुङ्गा वा बालुवा लिंदा खाल्टो पर्न गएमा त्यस्तो खाल्टो सम्याउन व्यहोर्नु पर्ने जति रकम क्षतिपूर्ति दिनु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै घरको निकट आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिनु परेमा भने सम्बन्धित घरधनीको स्वीकृति प्राप्त नगरी त्यस्तो जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन हुँदैन ।